२६ माघ २०७९, बिहीबार
विचार / बहस

मन्त्री योगेश भट्टराई ज्यू, के यसरी सफल होला नेपाल भ्रमण बर्ष ?

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार १९:०६


पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता : कोरोनाबाट चीन मुक्त हुदै

Binod-tripathi♦ विनोद त्रिपाठी
काठमाडौं । नेपालले सन १९९८ पछि गतिलो रुपमा नेपाल भ्रमण बर्ष यहि २०२० मा मनाउँदैछ । २२ बर्षपछि हुन लागेको यो भ्रमण बर्षको छुट्टै महत्व छ । अब तीन महिनापछि भ्रमण बर्ष शुरु हुनेछ ।

बिश्वभरिका नागरिकलाई आकर्षित गर्न भ्रमण बर्ष आयोजना गरिएको हो । पर्यटक धेरै भन्दा धेरै ल्याउन भ्रमण बर्षले सहयोग पुर्याउने यसको मुख्य उद्देश्य हो । हुन त यो २२ बर्षको बीचमा यस्ता आयोजना नभएका होइनन् । तर, ति भ्रमण बर्ष खासै उपलब्धिमुलक हुन सकेनन् । राजनीतिक गन्जागोलले नेपाल लामो समय अस्थिरतामा गुज्रियो । आतंक र युद्धले पर्यटन क्षेत्र थिलोथिलो भयो । खर्बौंका संरचना युद्धरत पक्षले ध्वस्त बनाए । चन्दा आतंक र हड्तालले पर्यटन क्षेत्र थला पर्यो । अहिले यी सबै व्यवधानमा केही मत्थर आएकोले यो भ्रमण बर्ष केहि उपलब्धीमुलक हुनेमा बिश्वास गर्न सकिन्छ । तर, समस्या र अस्थिरता नेपाल भित्र ज्युँका त्युँ छन् । यसले पर्यटकलाई हैरानी मात्र होइन, भयभित पनि बनाएको छ ।

बर्षौंदेखि प्रहरीले होटल, मोटेल, रिसोर्ट र होमेस्टेमा छापा मारेर हैरान बनाएको छ । व्यवसायीले प्रहरीको हस्तक्षेप बिरुद्ध धेरै पटक गुनासो गरिसकेका छन् । उमेर पुगेका हरेक नागरिकले प्रेम गर्न, संगै बस्न, सुत्न र मनोरञ्जन गर्न हाम्रो संविधानले अधिकार दिएको छ । ब्यक्तिगत सम्बन्धमा राज्यले हस्तक्षेप गर्न र निगरानी गर्न पाउँदैन । अपराध वा कुकर्म गरेको ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले कारवाही गर्न सक्छ । अन्यथा होटलहरुमा प्रहरीले छापा मार्ने अधिकार छैन ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी भएपछि पर्यटन क्षेत्रको सुधार हुनेमा धेरैलाई आशा बनाएको थियो । तर, उनको अल्पायुमै निकै दुखदायी निधन भयो । त्यसपछि अर्का आशा लाग्दा अनुहार योगेश भट्टराईले यो मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार बाहिर हुँदा योगेश स्वंय सरकारलाई निकै आलोचना गर्ने नेतामा पर्छन् । आफ्नै पार्टीको सरकार भएपनि भीम रावल र योगेश भट्टराईले यो सरकारलाई आलोचना गर्दे आएका छन् । त्यहि आधारमा योगेशप्रति धेरैको भरोसा छ । यहि भरोसाकै आधारमा सानो कमजोरी हुने बित्तिकै योगेशको आलोचना शुरु हुन्छ ।

जनताले योगेशबाट के अपेक्षा राखेका छन् भने सरकारबाट भएका कमजोरी र गल्ती तपाईबाट नहोस । सरकार त करिब करिब असफल सिद्ध भइसकेको छ । सरकार असफल भएपनि तपाई सफल हुन नचुक्नुस । यसले तपाईलाई हिलोमा फुलेको कमलको फुल सावित गर्नेछ । सरकार त पुरै फोहोरी भइसकेको अब कसैले सिद्ध गर्ने पर्देन । चौपट महंगी बढेर जनतामा भोकमरि आइसकेको छ । अर्थतन्त्र डामाडोल भइसकेको छ । भ्रष्टाचार ब्याप्त छ । बिचौलियाले सरकारकै केन्द्रविन्दुमा अड्डा जमाइसकेका छन् ।

यस्तो कठिन र काँडाहरुको बीचमा तपाई सुन्दर फुल बनेर फुल्न सक्नुहुन्छ । तर, तपाईले निम्न बमोजिम कामको शुरुवात अहिलेदेखि नै गर्नुपर्छ । किनकी अब भ्रमण बर्ष आउन ३ महिना पनि बाँकी छैन ।

१, पर्यटन क्षेत्र भनेको मनोरञ्जनको दुनियाँ हो । प्रेमलाप र घुमफिर पर्यटकका मुख्य बिशेषता हुन् । बर्षौंदेखि प्रहरीले होटल, मोटेल, रिसोर्ट र होमेस्टेमा छापा मारेर हैरान बनाएको छ । व्यवसायीले प्रहरीको हस्तक्षेप बिरुद्ध धेरै पटक गुनासो गरिसकेका छन् । उमेर पुगेका हरेक नागरिकले प्रेम गर्न, संगै बस्न, सुत्न र मनोरञ्जन गर्न हाम्रो संविधानले अधिकार दिएको छ । ब्यक्तिगत सम्बन्धमा राज्यले हस्तक्षेप गर्न र निगरानी गर्न पाउँदैन । अपराध वा कुकर्म गरेको ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले कारवाही गर्न सक्छ । अन्यथा होटलहरुमा प्रहरीले छापा मार्ने अधिकार छैन । यो कार्य तत्काल रोक्नुपर्छ । जसरी बिकसित मुलुकका पर्यटकीय क्षेत्र रंगिन संसारले रंगिएका हुन्छन्, हाम्रा पर्यटकीय ठाउँहरु पनि रंगिन हुन जरुरी छ । बिदेशी पर्यटकहरु नेपाल आउने भनेकै मनोरञ्जनका लागि हो भन्ने सरकारले हेक्का राख्न जरुरी छ ।

काठमाडौ, ललितपुर र भक्तपुरका मेयर, उपमेयर, वडा अध्यक्षहरु र सबै सदस्यहरुलाई दैनिक १८ घण्टा चोकमा उभ्याएर राख्नुपर्छ । अनि थाहा पाउँथे, काम के हो, कर्तब्य के हो, बिकास के हो, बिनास के हो ??? अब जनताको अदालतबाट फैसला गर्नुपर्छ यिनीहरुलाई । यिनका अरिंगालहरु बचाउँन आए लाखौं जनता मिलेर यहि हिलो र यहि त्रिपाल भित्र कोक्र्याउनुपर्छ ।

२, योगेश भट्टराई ज्यू, तपाई एउटा मन्त्रालयको मात्र मन्त्री होइन, सरकारको जिम्मेवारी प्रतिनिधि पनि हो । त्यसैले, अन्य मन्त्रालयका गल्ती कमजोरीलाई संच्याउन मन्त्रीपरिषद बैठकमा निम्न बिषय राखेर समाधान गर्नुस । अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र गर्मीले बसिसक्नु छैन । वातानुकुलित प्रणाली तुरुन्त बसाउनुस । पर्यटकको पर्खाई बिमानस्थल भित्रै सबैभन्दा झुर छ ।

३, एयरपोर्ट अगाडी ट्याक्सीको दादागिरी कायमै छ । गृहमन्त्रालयसँग समन्वय गरेर यो कार्य रोक्न लगानुस । जब एयरपोर्टबाट कुनै पर्यटक बाहिर निस्कन्छ, अनि शुरु हुन्छ त्यो पर्यटकका दुर्दशाका घडीहरु । धुलो र हिलो झेल्दै त्यो पर्यटक ठमेल पुग्छ । यति बैराग्य अबस्था छ, तपाई सार्बजनिक बस वा ट्याक्सी चढेर उपत्यका घुम्नुभो भने कति सकस छ भन्ने थाहा पाउनुहुनेछ ।

४, चाइनाले कलंकीदेखि कोटेश्वरसम्म त्यति राम्रो सडक बनाइदिएर छोडेको छ । तर, हाम्रो जंगलीपाराले त्यति फराकिलो सडक धुलोमय भएको देख्दा धिक्कार लाग्छ । वरीपरीको माटो आउन नदिएर ब्यबस्थापन मिलाउन सम्बन्धित निकायलाई तुरुन्त अनुरोध गर्नुस । कलंकीको अण्डरपास त्यति राम्रोसँग बनेको छ । तर, प्रयोगमा ध्यान नदिंदा हालत उस्तै खराब छ । करोडौं खर्च गरेर बनाइको यो अण्डरपास र पुल रंगहिन छन् । रंग लगाएर आर्कषक बनाउन कस्ले रोकेको छ ? कम खर्चमा राम्रो ब्यबस्थापन गरे हुने यस्ता कामहरु सरकारले किन गर्देन ?

५, काठमाडौ, ललितपुर र भक्तपुरका मेयर, उपमेयर, वडा अध्यक्षहरु र सबै सदस्यहरुलाई दैनिक १८ घण्टा चोकमा उभ्याएर राख्नुपर्छ । अनि थाहा पाउँथे, काम के हो, कर्तब्य के हो, बिकास के हो, बिनास के हो ??? अब जनताको अदालतबाट फैसला गर्नुपर्छ यिनीहरुलाई । यिनका अरिंगालहरु बचाउँन आए लाखौं जनता मिलेर यहि हिलो र यहि त्रिपाल भित्र कोक्र्याउनुपर्छ । नत्र यो भ्रमण बर्ष सफल हुनेवाला छैन ।

६, चुनाव भएर नेतृत्व सम्हालेको दुई बर्ष पुग्न लागिसक्यो । जनप्रतिनिधि हुँदा र नहुँदा के फरक भयो ? जनताको (कर) भत्ता मात्र खाने ? त्यसैले यिनले कारवाही गर्न एउटा पद्धतिको शुरुवात हुनुपर्छ ।

७, देशको मुख्य राजधानी , मुख्य केन्द्र विन्दु सिंहदरबार वरपरको क्षेत्र मध्ये भृकृटीमण्डप क्षेत्रका टहराहरु देख्दा लाग्छ, कुनै अनिकाल र मरुभुमिको अफ्रिकाको गाउँ जस्तो । यो जमिनलाई सदुपयोग गरेर सुन्दर पार्क वा अति उपयोगी भवनहरु बनाउनुपर्देन ? यो बिजोग दृष्य देखाएर हरिबिजोग चित्रण कहिलेसम्म ? यो देखेर के बिदेशी पर्यटक आर्कषित होलान् र ?

८, जमिनको माटो उधिनेर कहिल्यै सकिन्छ ? ब्रुमर चलाउने भनेको कालोपत्रे सडकमा निस्किएको धुलोको कण हो । जमिनको माटो होइन । बिदेशी कम्युनिष्टको सिद्धान्त मात्र सिक्ने ? बिकास नसिक्ने ? शहरलाई सफा सुन्दर बनाउन हरियाली पहिलो आवस्यकता हो । यसका लागि सरकारसँग चुनाव सकिएको ३ महिना भित्र सडक बिभाग, दुरसंचार, खानेपानी, ढल के के सँग समन्वय गरेर काम नगरेको किन ? त्यसैले यी सबै जनप्रतिनिधिलाई चेतावनी दिन योगेश जी पार्टीमा माग राख्नुस । अन्य पार्टीका जनप्रतिनिधि छन् भने समन्वय गर्नुहोस ।

९, काठमाडौंमा घोर पीडा त्यतिबेला हुन्छ, जब पानी परेपछि घाम लागेर बुंग्बुंग्ती सडकको धुलो उड्छ । संसारमा जहिंतहिं पानी परेपछि १५ दिनसम्म सडक सफा हुन्छन् । यहाँ १५ मिनेटमै कन्तबिजोग भोग्नुपर्छ । त्यसैले, ढंग नभएका, घुसखोरी, ढांट छलकपट गर्ने सबै जनप्रतिनिधिलाई सरकारले एउटा अबधी तोकेर चेतावनी दिने आवाज उठाउनुस । किनकी अब ३ महिनापछि त भ्रमण बर्ष शुरु हुँदैछ भन्ने फेरि पनि हेक्का होस ।visit-nepal-2020

१०, चीन सरकारले कलंकीको अण्डरपास सडक बनाइदियो । अहिले कलंकी चोक जानुस, कंगाल अफ्रिकी देश सुडानको कुनै चोकमा पुगेको भान हुन्छ । आम्माआम्मा धुलो । चीनले पुल र सडक बनाएर त छोड्यो , अनि दायाँबायां पुर्ने , तुरुन्त सिमेण्ट लगाउने, ब्यक्तिका घरघर अगाडी सिमेण्ट गर्न लगाउन गर्नुपर्देन ? पुललाई रंग लगाएर शहरको सुन्दरता बढाउन पर्देन ? हरिबिजोग कुरुप छन् अहिले राजधानीका पुलहरु र सडकहरु । पुन यी बिषयलाई सरकारले काम गर्न शुरु गरिहालोस ।

११, सरकारले सडकका मगन्ते हटाउने भनेको थियो, खोइ हटाएको ? जताततै भद्रगोल छ, बिजोग र डम्पिङसाइट छ शहर । मेलम्चीले खनेका भित्री सडकहरु माटोमय छन् । वडा अध्यक्षहरुले यि बनाउन पर्देन ? कति सुन्दर थिए काठमाडौंका भित्री गल्लीहरु । यो काम गर्नुपर्देन ?

१२, सडकभरि लत्रिएका तारहरुलाई बिद्युत प्राधिकरणसँग समन्वय गरेर ब्यबस्थित गर्नुपर्देन ? सडक वरीपरी , बसपार्क, कुना, चोक, खाली स्थानमा जथाभावी रोग निम्त्याउने पानीपुरी, रेष्टुरेण्ट , चिया पसल हटाउन पर्देन ? यी सब हटाएर ब्यबस्थित गरेर कारवाही गर्नुपर्देन ?

१३, महिला र केटीहरु आंखा मात्र देखाएर बुर्का (सल बेरेर) जस्तै लगाउनुपर्ने बाध्यता । केटाहरुको मुखभरि माक्स । साइकल मोटरसाईकलमा कभर लगाएर हिंड्नुपर्ने बाध्यता । निजी सवारीमा सिसा लगाएर गुम्सिनुपर्ने बाध्यता । धुलो र फोहोरले बंच्न यसरी कहिलेसम्म ??? सार्बजनिक बस चढिसक्नु छैन । भीड कोचाकोच । बस नभरिएसम्म घण्टौं यात्रुलाई कुराइराख्ने । पिक एण्ड ड्रप नियम कार्यान्वयन गर्नुपर्देन ? गृह मन्त्रालय, यातायात बिभाग आदिसँग समन्वय गरेर यो काम ३ महिना भित्र हल गर्नुपर्देन ?

१४, माथि भनिएका यी सामान्य तर जनजीवनका लागि महत्वपुर्ण बिषय समाधान गर्न के अर्बौं खर्च लाग्छ ? मात्र ब्यबस्थापन मिलाए समाधान हुँदैन ? के यति गर्न सकिन्न ? कि कुनै बुद्धिमान र सदाचार बन्ने चाहना छैन ? यदि इमान्दारपुर्वक यी काम गर्ने चाहना छैन भने अब सबै जनप्रतिनिधिलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन ।

यी जनप्रतिनिधिले कारवाही भोग्नु भन्दा पहिलो यिनलाई संरक्षण गर्ने अरिंगालहरुलाई बागमतीको फोहोर पानीमा बगाइदिनुपर्छ । अनि मात्र तपाईले सोचेको वा भनेको भ्रमण बर्ष सफल हुनेछ, योगेश भट्टराई ज्यू । नत्र, भ्रमण बर्ष आउँछ, जान्छ सकिन्छ । हरेक पर्यटकले नेपाल घुमेर फर्केपछि ति स्वंय प्रचारक हुन्छन् । अब नेपाल खतम छ, घुम्न जान हुँदैन भन्ने प्रचार गर्न दिने कि, नेपाल घुम्न लायक देश हो भन्ने प्रचार खोज्ने पहिलो तपाईंकै हातमा छ, पर्यटनमन्त्री योगेश भट्टराई ज्यू ।                    (लेखक त्रिपाठी सौर्य दैनिकका पूर्व सम्पादक एवं नागरिक अभियन्ता हुन् )


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा