स्वास्थ सामग्रीकाे व्यवस्था र विदेशमा अलपत्र परेकालाई फर्काउन कांग्रेसको माग
Advertisement

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको भन्दै आपत्ति जानएका हुन् ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावललाई बिनाकारण निष्काशन गरिएको भन्दै पुनर्वहालीको मागसहित केही पत्रकारहरु वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका थिए । सो क्रममा उनीहरु पक्राउ परेका थिए ।

Advertisement

‘वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ,’ कांग्रेसका प्रवक्ता  शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबिच, सिंहदरबार परिसरबाट सोमबार दिउँसो पक्राउ परेका नौ जना पत्रकारलाई साँझ प्रहरीले छाडेको छ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकार निष्कासनविरुद्ध पुर्नवहाली गर्न माग गर्दै पत्रकारहरू रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार पुगेका थिए ।

रेडियो नेपालका कार्यकारी प्रमुख सुरेश कार्कीसँग वार्ता सफल नभएपछि नारा जुलुस लगाउँदै गर्दा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित नौ जना पत्रकारलाई पक्राउ गरेको थियो । महासंघका पदाधिकारीको रोहवरमा पक्राउ परेका सबैलाई प्रहरीले छाडेको हो ।

Advertisement
अघिल्लो लेखस्थानीय तहले औंलाएका समस्या के समस्यै हुन् त ?
अर्को लेखके योगेशको कदम ठीक थियो त ?
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्