२६ माघ २०७९, बिहीबार

दशैंमा खसीबोकाको अभाव नहुने

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार ०८:१९


भन्सार छली ल्याउँदै गरेको ५४ वटा खसी बरामद

३१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले दशैंमा खसीबोकाको अभाव नहुने बताएका छन् ।

दशैंका लागि स्वदेशी खसीबोकाले धान्ने बताउँदै खसीबोकाको मूल्य १५ सय रुपैयाँमाथि नपुग्ने भट्टराईले बताए ।ढुवानी गर्दा प्रतिकेजी ५० रुपैयाँले बढे पनि त्यो भन्दा बढी नबढ्ने उनले दाबी गरे ।

आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थाले पनि स्वादेशी उत्पादले नै धान्ने भट्टराईको भनाइ छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा