पानी परेपछि धान किसानलाई राहत
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १५:३०:५१
३१ भदौ, भद्रपुर । झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए ।
उनका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको, १४ प्रतिशत अर्धसिँञ्चित र बाँकी ३८ प्रतिशत धानखेती आकाशे वर्षाका भरमा छ ।
विशेष गरेर झापाको उत्तरी क्षेत्रमा गरिने धानखेती आकाशे वर्षाको भरमा रहेको छ । साउनको पहिलो सातासम्म अविरल वर्षा भए पनि जिल्लामा त्यसपछि खडरी लागेको थियो ।
खडेरीका कारण धानमा कीरा लाग्ने, सुक्ने र झारजङ्गल पलाएर कामै नलाग्ने अवस्थामा पुगेका बेला भएको सामान्य वर्षाले समेत किसानलाई राहत पुगेको उनको भनाइ छ ।
आइतबार रातिदेखि झापामा पानी परेको थियो । प्राविधिक पौडेलले यस वर्ष झापामा धान उत्पादनमा कमी आउने बताए । उनले भने, “समयमा किसानले रासायिक मल पनि पाएनन् र लामो समय खडेरी चल्यो, यसले उत्पादनमा पक्कै कमी आउँछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार