१७ माघ २०७९, मंगलवार
समाज

गोदावरीमा सिसि क्यामेरा जडान गरिने

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार १०:३७


अबदेखि मुख्यचोक र सडक सिसी क्यामेराको निगरानीमा

३१ भदौ, ललितपुर । गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ ।

नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।

“आउँदो मङ्सिर–पुसबाट गोदावरीको व्यस्त स्थानमा क्यामेरा जडानको काम शुरु गर्नेछाँै”, उनले भने, “नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काममा तीव्रता दिन लागेका हौँ ।”

गोदावरीको सुरक्षा व्यवस्था चुस्तदुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने विश्वास उनको छ ।

गोदावरीमा सिसी क्यामेरा जडान गरेसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा