१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

विप्लव समूहको कार्यालयमा प्रहरीको छापा, महत्वपूर्ण दस्तावेज बरामद

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार ११:१५


चन्द समूहका जिल्ला सदस्य पक्राउ

३१ भदौ, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको झापा जिल्ला कार्यालयमा छापा मारेको छ । प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कार्यालयमा छापा मारेको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको भूमिगत कार्यालयमा छापा मारेर प्रहरीले केही हतियारसहित विप्लव समूहको गोप्य तथा महत्वपूर्ण दस्तावेज बरामद गरेको छ

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनीले चलाएको अपरेशनका क्रममा विप्लव समूहका तीन जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारुमगर छन् ।

पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरीको दाबी छ । उनीहरुको गिरफ्तारीसँगै विप्लव समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश नेता समातिएका छन् ।

प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरिएको जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा