१७ माघ २०७९, मंगलवार
समाचार

मोदीको जन्मदिनमा ओलीले दिए ३ भाषामा शुभकामना

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार ११:४३


मोदीको जन्मदिनमा ओलीले दिए ३ भाषामा शुभकामना

३१ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन परेको छ । आजदेखि उनी ६९ वर्षको पुगेका छन् ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता