३१ भदौ, काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ ।
केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ‘बबालु’ ले छोटो समयमै चर्चा कमाइरहेको छ। भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन ।
भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।