३१ भदौ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज म.न.पा. वडा नं.२ छप्कैया शान्तिटोलमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
आइतबार साझे गदी महतोले अवैध रुपमा मदिरा भट्टि संचालन गरि मदिरा उत्पादन तथा बिक्रि बितरण गरि रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ सिमा प्रहरी चौकी छप्कैया र पर्साबाट प्रहरी टोलि खटि मदिरा नष्ट गरेको हो ।
प्रहरीले उक्त मदिरा भट्टिमा रहेको मदिरा बनाउन प्रयोग गरिने १५० लिटर कच्चा पदार्थ, तयारी मदिरा १० लिटर, भाँडाकुडा र मदिरा बनाउने मेसिन समेत नियन्त्रणमा लिई स्थानियवासी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको बताएको छ ।