३१ भदौ,काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ् पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधैं लखपति” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाई एक लाख उपहार प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधैं लखपति” अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।
यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीकाे भनाइ छ ।