मिना कंडेल
३१ भदौ,नवलपुर । गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले नवलपुरबाट आर्थिक समृद्धिको यात्रा प्रदेश सरकारले तय गरेकोले गण्डकी प्रदेशको बिकासको मुल नै नवलपुर जिल्ला भएको दावी गरेका छन् ।
उनले यो बर्ष गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लामा पाँच वटा सरकारी कार्यालय भवन निर्माण गर्ने बताउँदै सवारी साधनको लाईसेन्स यहि जिल्लाबाट आगामी कात्र्तिकबाट शुरु गरिने स्पष्ट पारे । पुर्वी नवलपरासीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारण सभा तथा ओभरहेड ट्याकीको शिलन्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले आगामी पाँच बर्ष भित्रमा सबै जिल्लाका बासिन्दालाई स्वच्छ खानेपानी र सबैका घरघरमा बिजुली पुयाउने लक्ष्यका साथ अघि बढेको दावी गरे । सरकार बन्न साथ दुई बर्ष भित्रमा आधारभुत खानेपानी सबै प्रदेश भरि नै पुयाउने लक्ष्यका साथ अघि बढिएको र गत बर्ष मात्र १८ हजार घरधुरीमा खानेपानी पुरयाईको र यो बर्ष पनि त्यो भन्दा बढि जनताका घरमा खानेपानी पुयाईने मन्त्री बस्नेतले बताए ।
हरेक हिसाबले प्रदेशकै नमुना जिल्ला नवलपुर भएकाले यहाँको कृषि,पर्यटनको बिकासका लागि प्रदेश सरकार जिम्मेवार रहेको चर्चा गर्दै अन्नमा ,फलफुलमा मासुमा यो जिल्लालाई आत्मनिर्भर बनाउन जरुरी रहेको मन्त्री बस्नेतले बताए । जबसम्म हामी कृषि ,पर्यटन मा आत्मनिर्भर बन्न सक्दैंनौ तबसम्म हामी कुनै पनि अबस्थामा अघि बढन् सक्दैंनौं र पुर्बाधार,यातायात लगायत हरेक क्षेत्रको बिकासमा प्रदेश सरकार संबेदनशील रहेको उनको भनाई थियो ।
उनले गण्डकी प्रदेश तराई पहाड र हिमाल मिलेर बनेको बताउँदै यसको बिकासमा कसैसँग गलत सम्झौता गर्न नसकिने र प्रदेशकै मुख्य लाईफलाईनका रुपमा रहेको नवलपुर जिल्लाको बिकासलाई नै प्रदेश सरकारले पहिलो एजेण्डा बनाएको स्पष्ट पारे ।
कावासोती ८ मा चार सय ५० घन मिटरको ओभरहेड ट्याङ्की निर्माण गर्न लागिएको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भीमलाल कंडेलले जानकारी दिए । ओभरहेड ट्याङ्की निर्माण पश्चात कावासोती, ८ र ९ का दुई हजार ग्राहकलाई सहज रुपमा खानेपानी वितरण गर्न सकिने अध्यक्ष कंडेलले बताए । ओभरहेड ट्याङ्की निर्माणकालागि प्रदेश सरकारले रु. २० लाख उपलब्ध गराएको संस्थाका सचिव दिपकराज लम्सालले बताए । ओभरहेड ट्याङ्की निर्माण सम्पन्न गर्नका लागि करिब दुई करोड ७० लाख लाग्ने जनाइएको छ । बाँकी श्रोतका लागि प्रदेश,संघ र अन्य दातृ ृनिकाएसँग समन्वय भइरहेको संस्थाले जनाएको छ ।
यस्तै मंगलवार नै मन्त्री बस्नेतले देवचुली नगरपालिका वडा नं ३ केउरेनीमा रहेको दिव्यपुरी खानेपानीको ओभरहेड टयाङ्की शिलान्यास गरेका छन् । दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारबाट रकम विनियोजन भएको बताईएको छ । ओभरहेड टयाङ्कीको निर्माण सम्पन्न भए पछि कावासोतीका स्थानीयले शुद्ध र स्वच्छ खानेपानी पिउने अधिकार सुनिश्चित हुने उपभोक्ताहरुले विश्वास लिएका छन् ।