डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १३:५:४५
१ असोज, चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उनले जानकारी दिए ।
स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार यहाँ आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिएको तिवारीले जानकारी दिए । तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उनले निर्देशन दिएका छन् ।
लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गरेका छन् ।
डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पु¥याउन उद्योग वाणिज्य सङ्घ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गर्नु भएको हो ।
यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार