१३ माघ २०७९, शुक्रबार

राजनीति, प्रशासन, आर्थिक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका समाचार

प्रकाशित मिति :  १ आश्विन २०७६, बुधबार १०:३३


कांग्रेसमा असन्तुष्ट समूहद्वारा छुट्टै भेलाको तयारी

१ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार, राजनीति, प्रशासन, आर्थिक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका विविध समाचार प्रकाशित गरेका छन् । पत्रपत्रिकामा विभिन्न निकायमा भएका अनियमितता पनि प्राथमिकताका साथ प्रकाशित गरिएको छ ।

गोरखापत्र दैनिक : संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले सैनिक मञ्च टुंडिखेलमा असोज ३ गते आयोजना हुने बिशेष समारोह भव्य व्यवसिथत बनाउन २० बुँदे निर्देहशन दिएको छ ।समारोहमा उपस्थित हुने अति विशिष्ट, तथा आमन्त्रित पाहुनाको लागि त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकार्यलाई सचेत गराइएका छ ।

कान्तिपुर दैनिक : भूमि सम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दी भन्दा बढी राख्न दिइएको हजारौ बिघा जग्गा मासिने जोखिम बढेको छ ।
विधेयकको दफा १२ मा उद्योग प्रतिष्ठान, कम्पनी, सस्था कुनै कारणले विघटन भएमा या लिक्विडेसनमा गएमा त्यस्ता उद्योग , प्रतिष्ठान, कम्पनी, संस्थाकमृ दायित्व फरफरक गर्ने प्रयोजनका लागि जग्गा बिक्रीबितरण गर्न बाधा परेको मानिने छैन ’ भन्ने व्यवस्था छ ।

नागरिक दैनिक : राजनीतिक पहुँच र कर्मचारीको मिलिमतोमा वर्षौदेखि काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ ।

कानुन अनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने राख्ने जिम्मेवारी सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष काम नगर्ने १८४८ कम्पनी रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर अनुगमन कार्यालयले त्यस मध्ये ५८ कम्पनीलाई मात्रै कालो सूचीमा राखेको छ ।

राजधानी दैनिक : विकास र समृद्धिको मुख्य नारा बोकोको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडौं मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।

समाचारका स्रोतका अनुसार ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै आएका छन् । मन्त्रीले हालै मात्रै विलासी गाडी झिकाएका छन् भने क्वार्टर र गृह जिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्यान्डबाई अवस्थामा राखेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा