२६ माघ २०७९, बिहीबार
कृषि

यस बर्षको दशैमा दोब्बर बढी खसीबोका र च्याङग्रा !

प्रकाशित मिति :  १ आश्विन २०७६, बुधबार ११:३४


गाउँपालिकाद्धारा उन्नत जातको बाख्रा वितरण

१ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले पोहोरको भन्दा यो वर्षको दशैँका लागि दोब्बर बढी खसीबोका र च्याङग्रा काठमाडौं ल्याउने भएको छ ।

गएको वर्ष खसीबोका र च्याङग्रा गरी १२, १३ सयको हाराहारीमा ल्याएकोमा यो वर्ष एक हजार खसीबोका र २ हजार च्याङग्रा गरी ३ हजार खसीबोका र च्याङग्रा ल्याउन लागिएको संस्थानले बताएकाे छ ।

यो वर्ष दाङ र हेटौँडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी भैरहेको छ । दशैँको बेला काठमाडौंमा ५० देखि ६० हजार खसीबोका र च्याङग्राको माग हुने गरेको छ । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि खसिबोका र च्याङग्रा ल्याउने भएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि कार्यालयका प्रतिनिधि, खाद्य संस्थानका प्रतिनिधि र किसान बसेर मूल्य निर्धारण गरेर खसीबोकाको मूल्य तोक्ने र बिक्री गर्दा उपत्यकामा चलेको बजार मूल्य भन्दा किलोमा १० रुपैयाँ सस्तो दिने तयारी भएको छ ।

किनेर ल्याइएको खसीबोका र च्याङग्रालाई थापाथलीमा रहेको संस्थानको कार्यालयमा राखिने र त्यहीँबाट बिक्री गरिने भएकाे छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा