१३ माघ २०७९, शुक्रबार
विकास बैंक

मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग

प्रकाशित मिति :  १ आश्विन २०७६, बुधबार १८:४२


मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग

१ असोज,काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राईनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्धारा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

उक्त सर्वोदय सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जना जेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न सहयोग प्रदान गरेको हो । उक्त सहयोग खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखाका प्रमुख ईश्वर सापकोटाले सर्वोदय सेवाश्रममा हस्तान्तरण गरेका छन् ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता