१ असोज,काठमाडौं । चाईनिज ह्याकरहरुले भिसा कार्डको प्रयोग गरि नेपालका बैंकहरुबाट करोडौं रुपैयाँ झिकेपछि बन्द रहेको ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।
यससँगै बैंकको डेबिट,क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल (POS) मेशिनहरुबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ । यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।
बैंकले यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशिघ्र सुचारु गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल (POS) मेशिनहरु रहेका छन् ।