२६ माघ २०७९, बिहीबार
समाचार

आज संसद्काे अधिवेशन अन्त्य हुँदै

प्रकाशित मिति :  २ आश्विन २०७६, बिहीबार ०८:१७


आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित हुँदै

२ असोज, काठमाडौं । सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए । योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए ।

सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा