१३ माघ २०७९, शुक्रबार
सुरक्षा/अपराध

प्रहरी बुलेटिन : कहाँ – के भयो ? [थाहा पाउनुस]

प्रकाशित मिति :  २ आश्विन २०७६, बिहीबार १४:१२


सुरक्षार्थ क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

२ असोज काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका-१३ मुजेलिया बस्ने २२ वर्षीय सन्तोष कुमार मण्डललाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट ५३ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वालुवाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-७ वालुवाबाट उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता,काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत १० जनालाई नगद १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उता बाँकेमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१२ निबुवा बस्ने मनबीर परियारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती बालिकालाई बिवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।

यस्तै प्रहरी बुलेटिन अनुसार काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा बस्ने सिन्धुली घर भएका देव लामा र चितवन घर भएकी उमा केसीको कोठाबाट करिब १ लाख ७० हजार रुपैयाँ बराबरको सुनका गरगहना बुधबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी चौतारा बस्ने रमेश जंग थापाको घरबाट सुनका बिभिन्न गरगहना, घडी, ल्यापटप तथा क्यामरा समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

सप्तरी, बिष्णुपुर गाउँपालिका-४ स्थितमा रहेको स्वास्थ्य चौकीबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न उपकरण र औषधीहरु मंगलबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै कास्कीमा भएको आगलागीमा परी २ जना घाइते भएका छन् भने सुनसरी र रुपन्देहीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ३ करोड ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१० नहरमार्ग डेरा गरी बस्ने पर्वत जलजला गाउँपलिका-५ घर भएका २३ वर्षीय बिजय रेग्मी र ३६ वर्षीया सिता रेग्मीको कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई बुधबार साँझ आगलागी हुँदा आगोले जलेर दुवै जना घाइते भएका छन् । दुवै घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१९ अमाहा बस्ने कमल दर्जीको घरमा बिहीबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको नगद, कपडा सिलाउने मेसिन ७ थान, मर्मतको लागि राखेको मोबाइल १५ थान, टिभि २ थान, सुन ५ तोला, चाँदी १० तोला, लत्ताकपडा लगायतका सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर छिमेकी गन्त बहादुर भुजेलको घर पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीस्थित सञ्जय कुमार अग्रवालको सिद्धार्थ फम ईण्डष्ट्रीमा बिहीबार बिहान आगलागी हुँदा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । यस्तै काभ्रे, अबिरल बर्षाको कारण बुधबार दिउँसो पहिरो आई रोशी गाउँपालिका-३ शिखरवर आम्बोटे बस्ने इन्द्र बहादुर लामाको घर पूर्णरुपमा नष्ट हुँदा करिब ८ लाख रुपैयाँ धनमाल क्षति भएको छ ।

पाल्पा, अबिरल बर्षाको कारण रिब्दिकोट गाउँपालिका-७ बतासे देउदीस्थित तानसेन मुझुङ पक्की सडक-खण्डको बाँया साईड बुधबार साँझ भाँसिन जाँदा नजिकै रहेको तुलसा थापाको कच्ची गोठको आधा भाग पुरीन जाँदा करिब ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पहिरो आएको स्थानमा खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ गतेखोलास्थित तुलसीपुर दाङबाट रगैचा दाङतर्फ जाँदै गरेको बा.३ ख १६०२ नम्बरको हाईस अनियन्त्रित बुधबार साँझ दुर्घटना हुँदा हाईसमा सवार चालक सहित ५ जना र २ जना पैदलयात्री समेत गरी ७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  हाईस गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा