१७ माघ २०७९, मंगलवार
विकास बैंक

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

प्रकाशित मिति :  २ आश्विन २०७६, बिहीबार १४:५२


२ असोज,काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर बस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको क्षती भएको थियो । बाढीपीडितलाई सहयोग गर्नेमा मुक्तिनाथ विकास बैंक सबैभन्दा पहिलो संस्था रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ अभियान सञ्चालन गरेकोे छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा