१३ माघ २०७९, शुक्रबार
समाज

आज पनि देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति :  ३ आश्विन २०७६, शुक्रबार ०९:२१


देशभर मनसुनी वायु सक्रिय, मध्यम वर्षाको सम्भावना

३ असोज, काठमाडौं । मौसममा केही सुधार आउने संकेत देखिए पनि हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिनभरजसो नै देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । देशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभरि नै आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । अझै केही दिन मौसम यस्तै रहने सम्भावना छ ।

मनसुनी गतिविधिकै कारण हाल देशभर नै बलदी तथा वर्षाको क्रम चलेको मौसमविद विभूति पोख्रेलले जानकारी दिएकी छन् । सामान्यतया नेपालबाट मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्छ ।

तर यो वर्ष ढिलो गरी भित्रिएको मनसुन सामान्य भन्दा लामो अवधि रहने देखिएको छ । हाल मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद पोख्रेलले बताइन् । अर्को हप्तातिर मनसुन बाहिरिन सक्ने सम्भावना रहेको जनाइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

असोज ०३ गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

असोज ०४ गते (शनिबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका  थोरै स्थानहरुमा  र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०५ गते (आईतबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केहि  स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभरि थोरै  स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्ययम वर्षा हुने सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा