३ असोज, काठमाडौं । सुनको मूल्यमा उतारचढाब हुने क्रम जारी छ । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँ बढेर ७१ हजार पुगेको हो ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७० हजार ७०० पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएर तोलाको ८६० रुपैयाँ पुगेको छ । अहिले चार्डवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ ।
तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले पर्वमा समेत सुनका माग घट्न सक्ने व्यवसायीहरुले आँकलन गरिरहेका छन् । नेपाली बजारमा भाउ बढेपछि कारोबार भने सुस्त भएको छ ।
यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।आतर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस न्यूनतम १४ सय ४८.०२ डलर देखि १५ सय ५.४२ डलर सम्म कारोबार भइरहेको सञ्चार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।