१३ माघ २०७९, शुक्रबार
समाचार

सरकारका काम सन्तोषजनक नभएको अम्बिका बस्नेतको आरोप

प्रकाशित मिति :  ४ आश्विन २०७६, शनिबार ०६:५०


महामारीमा गण्डकी प्रदेश सरकार र महानगरपालिका गैरजिम्मेवार बनेको कांग्रेसको आरोप

४ असोज, काठमाडौं । शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान गरेको आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश नं (१) ले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सरकारका काम सन्तोषजनक नभएको आरोप लगाउँदै जनजागरणमार्फत लोकतन्त्रका लागि पहरेदारी गर्न देशभर अभियान चलाइएको बताइन् । संसद्मा पेश भएका विधेयकमा लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउन खोजिएकोले खबरदारी गर्न कांग्रेस लागेको उनले बताइन् ।

काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताले आशा गरेअनुसार विकास निर्माण गर्न तीनै तहका सरकारबीच समन्वयमा काम हुन नसकेको जानकारी गराइन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि उर्मिला केसी, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, क्षेत्र नं ३, प्रदेश (१) सभापति सत्यभामा श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ का सभापति भुवन लामालगायतले जागरण कार्यकर्तामै सीमित हुनु नहुनेमा जोड दिइन् ।

भदौ २४ गतेदेखि शुरु भएको पार्टीको दोस्रो चरणको जागरण अभियान असोज ७ गते समापन हुने कार्यक्रम छ । यसैगरी संविधान दिवसका अवसरमा पार्टीको महानगर–६, गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ ले जोरपाटी चोकमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता