४ असोज,एजेन्सी । पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार डेङ्गुबाट देशभरी अरु नौ हजार ६३४ जना प्रभावित भएका छन् ।
रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा दुई हजार ८१६ र दक्षिण पश्चिमी बालुचिस्तानमा एक हजार ७७२ जना बिरामी भएको जानकारी दिए ।
त्यसैगरी उत्तरपश्चिमी खैबर पख्तुन्ख्वा प्रान्तमा एक हजार ६१२, केन्द्रीय राजधानी इस्लामावादमा एक हजार २१० जना र पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा ९२ जनालाई डेङ्गु लागेको उनले बताए ।
अधिकारीका अनुसार सिन्धमा मात्रै आठ जनाको डेङ्गुका कारण मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जावमा दुई जनाको मृत्यु भएको छ ।
देशभरी डेङ्गुको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियान चलाइएको छ । स्वास्थ्य विभाग र स्थानीय सरकारले देशभरीका बढी प्रभावित क्षेत्र तोकेर विषेश अभियान चलाएका हुन् ।
उनीहरुले आफ्ना अस्पताल र निजी अस्पताललाई डेङ्गुबाट प्रभावितलाई उपचारका लागि छुट्टै वार्ड र स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
सरुवा रोग तथा निगरानी विभागको टोलीले रोगको प्रभावमा पहिलाभन्दा केही कम हँुदै गएको जनाएको छ । अधिकारीक तथ्याङ्कका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना बिरामी भएका छन् भने ३५० भन्दाबढी बिरामी भएका छन् ।