१७ माघ २०७९, मंगलवार
समाचार

प्रदूषित पानीका कारण हजारौँ माछा मरे

प्रकाशित मिति :  ४ आश्विन २०७६, शनिबार २२:२६


बन्दाबन्दीका कारण दाना नपाउँदा मर्न थाले माछा

४ असोज, एजेन्सी । बेङ्गालुरूको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका स्थानीय नल्लुराहल्लीका अधिकारीले बताएका छन् ।

भारतीय कर्नाटक राज्यको राजधानी बेङ्गालुरूको नल्लुराहल्लीमा रहेको उक्त तालमा पानी प्रदूषण भै विगत चार दिनदेखि माछा मरेका र बिरामी परेका हुन् । तालको पानी एक्कासी प्रदुषित हुँदा हजारौँ माछाहरू मरेका छन् भने सयौँ अन्य गम्भीर विरामी बनेका प्रत्यक्षदर्शीले बताएका छन् ।

यसका कारण ह्वाइटफिल्ड क्षेत्रको मुटुमा रहेको सामुद्रिक पर्यावरणमा समस्या देखिएको र यसको प्रभाव थप भयावह हुनसक्ने स्थानीयहरूलाई उद्धृत गरी बेङ्गालुरू प्रहरीले बताएको छ ।

स्थानीय माझीहरूले मरेका माछाका कारण तालमा रहेका अन्य माछाको स्वास्थ्यलाई पनि प्रभाव पार्नसक्ने भन्दै विगत तीन दिनमा केही टन माछाहरूलाई तालबाट निकालेर व्यवस्थापन गरेका छन् । तालमा माछा मर्ने क्रम गत चारदिनदेखि शनिबारसम्म जारी रहेको बताइएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा