चाडपर्वमा आवागमन सहज बनाउन भारतीय पक्ष सहमत

नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार ११:४७:३८

५ असोज भीमदत्तनर । नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए ।
उनले चाडपर्व लक्षित नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि दुबै पक्षबीच छलफल र समन्वय भएको बताए ।
“चाडपर्वका बेला सीमाक्षेत्रमा नेपालीहरू लुटिने र ठगिने क्रम भएका विगतका घटनालाई मध्यनजर गर्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकायसँग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका छौँ ।” सशस्त्र प्रहरी उपरीक्षक साहुले भने, “सीमा क्षेत्रमा हुने लागुऔषध र मानव बेचविखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायबीच गस्ती र सर्तकता बढाउने सहमति भएको छ ।”
“ब्रह्मदेव, दोधारा चादँनी र गड्डा चौकीमा संयुक्त हेल्प डेस्कलाई थप प्रभावकारी बनाइने सहमति भएको छ”, उनले भने, “नागरिकको बढी आवातजावत हुने सिमानामा थप हेल्प डेस्क राख्ने तयारीमा छौँ ।”
उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्तीसमेत हुँदै आएको बताउँदै पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा थप सर्तकता अपनाउनुका साथै नयाँ सुरक्षा योजना ल्याइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसन्तुलित बजार: नेपालमा उत्पादन अनुसार किनेर खाइदिने जनसंख्या भएन, सरकार हेर्दैन
मंसिर १४, २०८० बिहिबार
समग्रमा आयात घट्दा कम देखियो व्यापार घाटाः ५ खर्ब १२ अर्बको आयात, ५० अर्ब ५६ करोडको निर्यात
मंसिर ८, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार