५ असोज, काठमाडौं । केही दिन अघि लगातार रुपमा भैइरहेको बर्षका कारण मौसममा केही सुधार आएको भए पनि अझै मौसम क्रियाशिल रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
आइतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
यसैगरी राति देशभरि सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।