५ असोज काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारले नियन्त्रण गर्न नसकेको महङ्गी, कालोबजारी र भ्रष्टाचार विरुद्ध जुलुस निकाल्ने भएको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट आइतबार दिउँसो ३ बजे जुलुस निकाल्न लागिएको हो । जुलुसमा कांग्रेसका प्रभावशाली नेताहरु पनि सहभागी हुने तरुण दलले जानकारी दिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले महङ्गी बढाएको, कालोबजारी मौलाउने अवसर दिएको र भ्रष्टाचार फस्टाएको भन्दै त्यसका विरुद्धमा जुलुस निकाल्न लागेको हो । महासचिव भुपेन्द्र शाहीको नेतृत्वमा तरुण दलले जुलुस निकाल्न लागेको हो ।