धरानमा पर्यटनका क्रेता र विक्रेता साझेदारी बढाउँदै
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १८:३५:२४
वासुदेव पौडेल / रासस
५ असोज धरान । राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानको सिद्धी नेवाः परिषद्मा शनिबारदेखि तीन दिनसम्म चल्ने मार्टमा नेपालका विभिन्न पर्यटकीयस्थलका साथै भारत, बङ्गलादेश र भुटानका पर्यटन व्यवसायी सहभागी छन् । मार्टमा पूर्वका ११ वटै जिल्ला र पोखरा, चितवनलगायतका स्थानका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका आफ्ना विभिन्न प्याकेजसहितका स्टल रहेका छन् ।
पर्यटनमा साझेदारी बढाउँदै समग्र पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ मार्ट आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।
मार्ट अवधिमा क्रेता र विक्रेताबीच ‘बी टु बी’ (बिजनेश टु बिजनेश) मिटिङसमेत हुने र यसले पर्यटनकर्मीलाई थप ऊर्जा मिल्ने मार्टका संयोजक भवेश श्रेष्ठ बताउछन्। मार्टमा विभिन्न स्थानबाट आएका पर्यटन व्यवसायी कसरी अधिकतम पर्यटक आफ्ना ठाउँमा पु¥याउन सकिन्छ भन्दै सहकार्य बढाउन बी टु बीलाई प्राथमिकतामा राखेका छन् ।
ओखलढुङ्गाबाट मार्टमा भाग लिन आएका होटल व्यवसायी सङ्घ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राई यस्ता मार्टमा सहभागी भएसँगै एकापसमा पर्यटकीय साझेदारी बढ्ने बताउछन् । मार्टमा आउनेहरूलाई आफूहरूले त्यहाँका पर्यटकीय आकर्षण, कला संस्कृति आदि सम्बन्धमा जानकारी गराएको उनले बताए ।
पर्यटनमा धेरै सम्भावना भए पनि ओखलढुङ्गामा भने स्थानीय तहले अझै यसबारे राम्रोसँग बुझ्न नसकेको बताउँदै उनले राज्यको प्राथमिकता नहुँदासम्म यस क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे । गत वर्षदेखि धरानमा शुरु मार्टले नेपाल भित्रिएका विदेशी पर्यटक तथा नेपालकै आन्तरिक पर्यटकलाई यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी गराउन र पर्यटनमा साझेदारी बढाउन अत्यन्त महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।
मार्ट अवधिमा हुने राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीबीचको बी टु बी पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण बन्ने गरेको उनको भनाइ छ । मार्टमा पर्यटकीय नगरी पोखराका आठ होटल सहभागी भएको बताउने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन आफूहरू साझेदारी बढाउने उद्देश्यले धरान आएको बताउछन् ।
पूर्वको मार्टमा पहिलोपटक सहभागी भएको जानकारी दिँदै उनले यसबाट आफूहरूको जाऊ है पोखरा अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“पोखराको पर्यटनमा निजी क्षेत्रबाट झण्डै पाँच खर्बभन्दा बढी लगानी भइसकेको र लगानीअनुरुप स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउनु टड्कारो आवश्यकता देखिएको छ”, उनले भने, “अधिकतम पर्यटक भित्र्याउन साझेदारीका लागि यस्ता मार्टमा सहभागी हुनुका साथै भारत, बङ्गलादेशका सीमाक्षेत्रमा चलिए पोखराजस्ता कार्यक्रमलाई सङ्घले सञ्चालन गर्दै आएको छ ।”
मार्टमा चितवनबाट नौ होटल व्यवसायी सहभागी भएको क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
“पूर्वी नेपालका पर्यटन व्यवसायी एवं भारत, बङ्गलादेश, भुटानलगायत स्थानका पर्यटन व्यवसायीसँग साझेदारी बढाउन हामी मार्टमा सहभागी भएका हौँ”, घिमिरेले भने, “यहाँ गरिने बी टु बीलगायतका कार्यक्रमले स्वदेशी एवं विदेशी पर्यटन व्यसायीबीच एकापसमा सहकार्य बढ्ने र यसले समग्र पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार