२६ माघ २०७९, बिहीबार
सम्पादकीय

राष्ट्रपतिको बोलीले निम्त्याएको सकस

प्रकाशित मिति :  ५ आश्विन २०७६, आईतवार १९:४०


Deuba and Bhandari

सम्पादकीय

 नेपालको संविधान, २०७२ ले राष्ट्रपतिलाई आलंकारिक मानेको छ । अर्थात, शोभाका लागि मात्रै उनको भूमिका रहने व्यवस्थालाई अंगिकार गरिएको छ । तर व्यवहारमा भने ठीक उल्टो हुन थालेको छ । राष्ट्रपति पदमा दोस्रो कार्यकाल सुरु भएयता महामहिम विद्यादेवी भण्डारीको सक्रियता र शैली अहंकारले भरिएको पाइन्छ । उनमा कतै नभएको शक्तिको उन्मादले वशीभूत बनाएको छ ।

चाहे नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक मामलामा होस् या राज्य संयन्त्रमा नै किन नहोस् उनको दखलअन्दाजी मनमौजी छ । हुँदाहुँदा अब त आफूलाई मन नपर्ने नेतालाई उनी सार्वजनिक रुपमै गाली गलौज गर्ने तहमा पुगेकी छन् । यद्यपि उनको शैली भने अलि फरक र व्यङ्गपूर्ण नै होला । तर उनी सार्वजनिक मञ्चबाटै व्यङ्गात्मक शैलीमा नेताहरुको हुर्मत लिन उद्यत देखिन थालेकी छन् ।

त्यतिबेला पञ्चायती शासकले देउवाको जिब्रोमा करेण्ट लगाएका थिए । देउवामा लाख कमी कमजोरी होलान् , त्यसको फल अहिले भोग्दै पनि होलान्, तर महामहिम विद्यादेवीलाई राष्ट्रपति पदमा आसिन गराउन देउवाको जिब्रोले ठूलै मूल्य चुकाएको छ । लोकतन्त्रको बहालीका लागि देउवाले विगतमा खेलेको भूमिकाकै कारण उनको बोली नबुझिने भएको हो । त्यसमा त सिंगो राष्ट्रले गर्व गर्नुपर्छ ,न की खिसी–टिउरी ।

प्रसंग गत शुक्रबारको हो । गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रमका प्रमुख अतिथिका रुपमा निम्त्याइएकी राष्ट्रपति विद्यादेवीले कांग्रेस सभापति शेरबहादुर देउवालाई नमीठोसँग व्यङ्ग कसिन् । कार्यक्रममा देउवा लगत्तै बोलेकी विद्यादेवीले भनिन् – पूर्ववक्ता सभापतिजीले धेरै राम्रो बोल्नु भएजस्तो लाग्यो , किनभने तल फ्लोरबाट ताली बज्यो , मैले भने मञ्चबाट केही बुझिन , भोलि मिडियामा आएपछि के भन्नु भएको रहेछ , त्यो बुझौंला ।

यसरी देउवाको बोली नबुझेकोमा उनले व्यङ्ग गर्दा त्यसको पृष्ठभूमि बुझ्ने प्रयत्न गरेको भए उनी महान हुन्थिन् । किनभने देउवा लोकतन्त्र बहालीका लागि गौरवमय संघर्ष गरेका व्यक्तित्व हुन् । त्यो बुझेको भए विद्याले व्यङ्ग भन्दा सम्मान गर्नु पथ्र्याे । जुन बेला देउवा पञ्चायती शासक विरुद्ध आन्दोलनमा होमिएका थिए , त्यति बेला विद्याको सायद जायजन्म नै भएको थिएन । साथै देउवाको बोली नबुझिने अवस्था कसरी भयो , त्यसको हेक्का समेत विद्याले राखेको देखिएन ।

उनी व्यक्ति होइन, सिंगो मुलुकको अभिभावक हो । उनका हरेक काम अब साझा हितको लागि हुनुपर्छ भन्ने मान्यता हो । विश्वमा आलंकारिक राष्ट्रपतिको अभ्यास गर्ने मुलुकले यस्तै शैली र प्रवृत्तिलाई बल पु¥याएका छन् त ? यसको जवाफ स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीले खोज्नु पर्ने बेला आएको छ ।

त्यतिबेला पञ्चायती शासकले देउवाको जिब्रोमा करेण्ट लगाएका थिए । देउवामा लाख कमी कमजोरी होलान् , त्यसको फल अहिले भोग्दै पनि होलान्, तर महामहिम विद्यादेवीलाई राष्ट्रपति पदमा आसिन गराउन देउवाको जिब्रोले ठूलै मूल्य चुकाएको छ । लोकतन्त्रको बहालीका लागि देउवाले विगतमा खेलेको भूमिकाकै कारण उनको बोली नबुझिने भएको हो । त्यसमा त सिंगो राष्ट्रले गर्व गर्नुपर्छ ,न की खिसी–टिउरी ।

राष्ट्रपति विद्यादेवी त्यतिकै यो पदमा आइपुगेको पक्कै होइन । यसका लागि उनको पनि योगदान थियो नै होला । उनको अँध्यारो पाटोको कसैले सार्वजनिक रुपमा टिका टिप्पणी गरेका छैनन् । उनको खिसिटिउरी गर्नु हुँदैन, किनभने राष्ट्रपति व्यक्ति होइन संस्था हो । त्यसैगरी राष्ट्रपतिले पनि अर्काको सम्मान गर्न जान्नुपर्छ । पदको मर्यादा नराखी बोल्दा पर्नसक्ने प्रभावको भने ख्याल गर्नैपर्छ । राष्ट्रपति जस्तो मर्यादित पदमा आसिन व्यक्तिले यस्तो खिसी टिउरी गर्ने बानी न्यायसंगत मान्न सकिन्न । साथै , आलंकारिक पदमा बसेका व्यक्तिको बोली मर्यादित र शिष्ट हुनैपर्छ । त्यसमा राष्ट्रपति नराम्रोसँग चुकेको देखियो ।

यो बानीले भोलि विद्यादेवीप्रतिको सम्मान नै घटेर जान्छ । उनी व्यक्ति होइन, सिंगो मुलुकको अभिभावक हो । उनका हरेक काम अब साझा हितको लागि हुनुपर्छ भन्ने मान्यता हो । विश्वमा आलंकारिक राष्ट्रपतिको अभ्यास गर्ने मुलुकले यस्तै शैली र प्रवृत्तिलाई बल पु¥याएका छन् त ? यसको जवाफ स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीले खोज्नु पर्ने बेला आएको छ ।

राष्ट्रपतिको उक्त कामको अहिले सर्वत्र विरोध भइरहेको छ । यसै क्रममा नेपाल तरुण दलले पनि आज राजधानीको माइतीघर मण्डेलामा विरोध जनाएको छ । भोलि अरु पनि विरोधमा उत्रन सक्ने अवस्था आउन सक्छ । राष्ट्रपति साझा व्यक्तित्व भएकाले विवादमा आउन मिल्दैन ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा