१७ माघ २०७९, मंगलवार
समाचार

लिबरम्यानले नेतन्याहु वा गान्ज कसैलाई पनि नसघाउने

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार ०७:४८


लिबरम्यानले नेतन्याहु वा गान्ज कसैलाई पनि नसघाउने

६ असोज, जेरूसेलम । इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्वरक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वा अर्का नेता बेन्नी गान्ज कसैलाई पनि सिफारिस नगर्ने बताएका छन् ।

गतहप्ता सम्पन्न निर्वाचनमा नेता नेतन्याहुको दलको अनपेक्षित हार भएपछि प्रधानमन्त्रीका लागि गान्जले सक्रियता देखाएका छन् । यस्तै प्रधानमन्त्रीका लागि नेतन्याहुको दलले पनि दाबी गरेको छ ।

लिबरम्यानको राष्ट्रवादी पार्टी यिजरायल बेतेनुले पनि प्रधानमन्त्रीका लागि हुने राष्ट्रपति रेउभेन रिभलिनसँगको परामर्शमा सम्भवतः लिबरम्यानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा पठाइनेछ ।

निर्वाचन परिणामले कसैलाई पनि प्रस्ट बहुमत नदिएपछि इजरायलमा सत्ताका लागि नयाँ समीकरण भइरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता