१३ माघ २०७९, शुक्रबार
समाचार

ब्रेक्जिट सम्झौताका लागि अब धेरै ढिलो नगरौँ : यङ्कर

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार ०८:२३


ब्रेक्जिट सम्झौताका लागि अब धेरै ढिलो नगरौँ : यङ्कर

६ असोज, एजेन्सी । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताका लागि लण्डन र ब्रसेल्सले अब थप ढिलाइ गर्न नहुने निवर्तमान युरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले बताएका छन् । आइतबार प्रकाशित स्पेनी दैनिक पत्रिका एल पाइससँगको उक्त कुरा बताएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

अक्टोबर ३१ का लागि अब धेरै दिन बाँकी नरहेकाले ब्रेक्जिट सम्झौताका लागि थप ढिलाइ गर्न नहुने बताउँदै आयोगले सन् २०१६ मा ब्रेक्जिट विषयमा भएको जनमत सङ्ग्रहलाई प्रभावित पार्न प्रशारण तथा प्रकाशन गरिएका ‘झूट र नक्कली’ समाचारको सक्रिय प्रतिरोध गरेको पनि स्मरण गरे ।

लक्जेम्बर्गमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग सोमबार भएको वार्ता ‘रचनात्मक र आंशिक सकारात्मक’ भएको यङ्करले बताए । “मलाई लाग्छ, हामीसँग अझै पनि सहमति गर्नका लागि अवसर रहेको छ,” उक्त दैनिकमा यङ्करलाई उद्धृत गरी प्रकाशन गरिएको छ ।

जोनसनले ईयूका अधिकारी र उनी आफैसँग ब्रेक्जिटबारे खेल्न खोजीरहेको भन्ने धारणा पनि आएको यङ्करले उक्त दैनिकलाई बताए । “ईयूबाट बेलायतको बहिर्गमन एक दुखद् घटना हो तर यसलाई प्रक्रियागतरूपमा अघि बढाउनुको विकल्प हामीसँग छैन,” उनले भने ।

आयोगका अध्यक्षले भने, “सन् २०१६ मा बहुमत बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नुलाई मैले कुनै अनौठो घटनाका रूपमा लिन्न किनकी बेलायती सर्वसाधारणलाई सम्भ्रान्त नेतृत्वले दशकौँदेखि ईयूसँग राजनीतिक एकता गर्नु ‘सङ्घवादी अज्ञानता’ थियो र बेलायतका लागि साझा बजार नै प्रशस्त थियो ।”

यङ्करले भने, “तर अफसोचको कुरा बेलायतमा जनमत सङ्ग्रहको अभियान चलिरहँदा तत्कालीन बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरूनको अनुरोधमा आयोग यसबाट पछि हट्यो ।”

“हामीले आयोगमा जनमतसङ्ग्रहलाई हस्तक्षेप नगर्ने निर्णय ग¥यौँ, जुन प्रधानमन्त्री क्यामरूनको अनुरोध थियो, तर त्यो नै सबैभन्दा ठूलो भूल भयो ।”

बेलायतले अक्टोबर ३१ मा सम्झौता भए पनि नभए पनि ईयूबाट बाहिरिने तयारी गरेको छ । यसले बेलायतमा खाद्यान्न तथा आधारभूत सामग्री साथै औषधिको समेत अभाव आउनेछ र यसबाट बेलायतीहरूलाई आन्दोलित गर्ने प्रबल सम्भावना रहेको देखिन्छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता