अटो रिक्सामा बेरोजगार युवाको आकर्षण
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १५:१४:५९
गङ्गराज पण्डित / रासस
६ असोज, बाजुरा । युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरूको सङ्ख्या पातलिँदै गएको छ ।
ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरू बेरोजगार बस्न बाध्य छन् । श्रम गर्नु, उद्यम गरेर खानु जस्ता कामलाई इज्जतसँग जोडेर उनीहरू बरु खाली बस्न राजी छन्, काम गर्न तयार छैनन् ।
तर केही यस्ता युवाहरू पनि छन् जो समाजमा नमूना छन् । कलिलै उमेरमा राम्रो प्रगति गरिरहेका छन् । आफैँले उद्यम गरेर परिवार पालिरहेका छन् । ती नमूना युवा मध्येका हुन्, बडिमालिका नगरपालिका–२ घागरका चक्र महत । उमेरले मात्र २० वर्ष पुग्नुभएका उनी अटो रिक्सा चलाउछन् ।
मार्तडीदेखि अछामको साँफेबगरसम्म आउने जाने यात्रुहरूलाई सुविधा दिइरहेका छन । १० कक्षाभन्दा माथि पढ्न नसकेपछि महत भारत जान थाले तर अरुको देशमा काम गर्दा पनि सहनुपर्ने गाली र अपमान उनलाई सह्य भएन । फेरि घर फर्किए । जब पिसविन नामक गैरसरकारी संस्थाले अटोरिक्सा सिकाउने तालीमका लागि सूचना जारी गर्यो उनले पनि निवेदन दिए ।
सवारी चालकमध्ये पनि ट्याक्टर, अटोरिक्सा चलाउनेलाई अरुको जस्तो सम्मान छैन । त्यो कुरा महतलाई थाहा थियो । तर पनि काम सानो नहुने थाहा पाएका महतले कैलालीको मसुरीमा ३९० घण्टे तालीम लिए। हाल अटोरिक्सा चलाएरै राम्रो आम्दानी गरिरहेका छन् ।
छोटो दूरीको यात्राका लागि जोडी मिलाएर घुम्न जाने युवाहरूको रोजाइ पनि अटोरिक्सा
महतलाई तालीमको सुविधासहित अटोरिक्सा किन्न थप रु एक लाख नगद पनि पिसविन र सेभ द चिल्डे«नको सहकार्यमा सञ्चालित युवा सशक्तिकरण कार्यक्रमले सहयोग गरेको परियोजना संयोजक धर्मबहादुर रोकायाले जानकारी दिए ।
महतले हाल मासिक रु २० हजार बढी बचत गर्नुहुन्छ । छोटो दूरीका यात्रुहरूको रोजाइ पनि अटो नै हुने र आम्दानी पनि मेहनतअनुसारको भइरहेको महतले बताए । महतले सहयोग निकायसँगको सहकार्यमा अटो किनेको भए पनि यहाँका अरु युवाहरूको आकर्षण पनि अटोरिक्सामा देखिन्छ । अटोरिक्सा चलाउने सबैजसोको मासिक आम्दानी रु २० हजार बढी हुने गरेको छ । अहिले भने महत जस्तै उनकै गाउँले पारस गिरी पनि अटोरिक्साका मालिक हुन् ।
मार्तडीदेखि साँफेबगरसम्मको ५७ किलोमिटर सडक उकालो आरालो छैन । अटोका लागि उपयुक्त सडक छ, त्यसैले किन्न हैसला बढेको अटो चालकहरूले बताउने गरेका छन् । अटो चलाउनेहरू अधिकांश युवाहरू नै छन् । किन्न पनि सस्तो, चलाउन सहज र यात्रुहरूको आकर्षण पनि अटोमै भएपछि हौसला बढेको गिरीले बताए ।
अहिले जिल्लामा तीन वटा अटो रिक्सा आइसकेका छन् । छोटो दूरीको यात्राका लागि जोडी मिलाएर घुम्न जाने युवाहरूकोे रोजाइ पनि अटोरिक्सा नै बनेको छ ।
यात्रुको सहजताका लागि भन्दा युवाहरूलाई स्वरोजगार बन्न अटोरिक्सा सजिलो माध्यम बनेको छ । युवाहरूकै समूहले अटोरिक्सा चालकहरूको समितिसमेत निर्माण गर्ने तयारी गरेका छन् ।
२५० जनालाई तालीम
युवा सशक्तिकरण परियोजनाले मात्र जिल्लामा २५० बढी युवालाई सीपमूलक तालीम दिइसकेको छ । घरेलु तथा साना उद्योग विकास समिति र सम्बन्धित स्थानीय तहसँग मिलेर तालीम सञ्चालन गर्ने गरिएको छ ।
गरीबी र विपन्नताका कारण उच्च शिक्षा आर्जन गर्नबाट वञ्चित १८ देखि २२ वर्ष उमेर समूहका युवालाई पिसविनले स्वरोगजार बनाउन तालीम दिने गरेको छ । अटो रिक्सा उदाहरण मात्र हो ।
तालीम लिएकामध्ये ८४ प्रतिशतले आफ्नै उद्यम चलाएर बसेको तथ्याङ्क छ । भारतका मुम्बईमा कुकको काम गर्नेदेखि मलेशियामा वाइरिङको काम तालीम लिएकैहरूले तालीम दिइरहेको पिसविन परियोजना संयोजक धर्मबहादुर रोकायाको भनाइ छ ।
जिल्लास्तरमा पनि सस बनाउनेदेखि कुखुरापालन, सिलाइकटाइ तथा मोबाइल, घडी मर्मत गर्ने अधिकांश उद्यमी सीपमूलक तालीम लिएकै युवाहरू मध्ये छन् । स्वरोजगार बन्न तालीमपछि सजिलो भएको युवाहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार