२६ माघ २०७९, बिहीबार
समाज

अब हप्तामा दुई दिन बिराएर पानी वितरण हुने

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार ०९:३७


ढोरपाटनको आधादर्जन बस्ती क्षेत्रमा खानेपानीको समस्या

६ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकोमा दुई दिन बिराएर वितरण थाल्ने भएको छ ।

वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरूमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ । महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरूमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताए । उनका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ ।

पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उनले सेवाग्राहीलाई अनुरोध गरे । उनले भने, “वर्षातका कारण काठमाडौंका मुख्य ठाउँहरूमा अहिले पानीको समस्या कम भइरहेको छ ।”

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ ।

महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा