१३ माघ २०७९, शुक्रबार
शिक्षा

नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार १०:०८


दिल्लीको प्रमुख अस्पतालका २०६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

६ असोज काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आज जनाएको छ ।

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्र्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ । यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो ।

सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता