कोलम्बियामा ग्रिनेड आक्रमण, १६ जना घाइते
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १९:२८:५
६ असोज, एजेन्सी । मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रिनेड आक्रमणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्रमण भएको हो । उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रिनेड हमला गरिएको थियो ।
प्रहरी अधिकृत फाबियान ओस्पिनाले आक्रमणबाट १४ जना स्थानीयबासी र दुई जना प्रहरी घाइते भएको जानकारी दिए । अर्को घटना नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको पनि ओस्पिनाले बताए ।
सार्डिना नजिकैको टिबु नगर क्षेत्रमा पनि प्रहरीको गस्ती टोलीमाथि आक्रमण भएको थियो । तर उक्त घटनामा कोही पनि घाइते भएका छैनन् ।
घटनास्थलबाट प्रहरीले कोलम्बियाली क्रान्तिकारी सशस्त्र समूह ‘फार्क’का सैनिक कमान्डर भिक्टर सुवारेजको मृत्युसँग सम्बन्धित तस्वीर रहेका पर्चा बरामद गरेको छ । सरकार र वर्षौं छापामार युद्ध लडेको सशस्त्र समूह फार्कबीच सन् २०१६ मा शान्ति सम्झौता भइसकेको छ । सुवारेजको सन् २०१० मा सरकारी फौजसँगको भिडन्तमा मृत्यु भएको थियो ।
शान्ति सम्झौता पश्चात् फार्क समूह शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । यस समूहका व्यक्तिहरु अहिले कोलम्बियाको संसदमा समेत निर्वाचत भएका छन् ।
तर पछिल्लो समय फार्कका कतिपय नेताले शान्ति सम्झौताका शर्तहरु सरकारले पूरा नगरेको भन्दै हतियार उठाउने धम्की दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार