१७ माघ २०७९, मंगलवार
समाचार

लगानी बोर्डका चार निर्णय

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार १८:३५


लगानी बोर्ड

६ असोज, काठमाडौं । लगानी बोर्डको आज बसेको बैठकले निजी सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत वहुचर्चित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनी छनौट गरेको छ ।

लगानी बोर्डको आज बसेको ४० औं बैठकले निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई छनौट गरेको छ । आज प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न बोर्ड बैठकले विभिन्न छ वटा कम्पनीको आवेदन परेको भएपनि सबै प्रकृया पूरा गरेको भन्दै उक्त कम्पनीलाई छनौट गरेको हो । परियोजनाका लागि कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ ।

आजकै बैठकले तल्लो अरुण जलविद्युत् परियोजना कार्यान्वयनका लागि तोकिएको मापदण्ड पूरा प्रस्तावकलाई सर्ट लिस्टिङ गरेको छ । बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ ।

यस्तै काठमाडौंको अर्को चर्चित परियोजनाका रुपमा रहेको बाहिरी चक्रपथ निर्माणको लागि चाइना कम्युनिकेसन कन्स्कट्रन कम्पनीलाई सूचिकरण गरेको छ ।

साथै काठकाडौं उपत्यकाको यातायात व्यवस्थापन गुरुयोजनाको विस्तृत अध्ययनका लागि अर्थमन्त्रीको संयोजकत्वमा एउटा समिति गठन गर्ने निर्णय गरेको छ । यी चार वटै परियोजना दूरगामी महत्वका रहेका छन् । बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता