२६ माघ २०७९, बिहीबार
समाचार

जापानमा शक्तिशाली हावासहितको आँधी, ५० जना घाइते

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार २३:१०


जापानमा शक्तिशाली हावासहितको आँधी, ५० जना घाइते
High wave hits a breakwater in Aki city, Kochi prefecture, western Japan as typhoon Cimaron approaches the area. (Chika Oshima/Kyodo News via AP)

६ असोज,एजेन्सी । जापानमा सोमबार आएको तपाह नाम दिइएको आँधीका कारण कम्तीमा ५० जना घाइते भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

जापानको मौसम विभागले दिएको जानकारी अनुसार देशको दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा आँधी आएको थियो ।सामुद्रिक क्षेत्रबाट आएको अहिलेको आँधी यो सिजनको १७ औँ आँधी भएको अग्नि तथा प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

देशको ओकिनावा, सागा, नागासाकी र मियाजाकीलगायतका क्षेत्रमा शक्तिशाली हावासहितको आँधी आएको अधिकारीहरुले बताएका छन् ।

क्युशु विद्युत कर्पोरेसनले धेरै ठाउँमा विद्युत सेवा कटौती गरेको थियो । प्रभावित सात मध्ये छ प्रान्तमा विद्युत कटौती भएको हो ।

अधिकारीहरुले झण्डै तीस हजार घरहरूमा विद्युत कटौती भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार बेलुका ५ बजेसम्म पनि आठ हजार ५०० घर विद्युत सेवाविहिन भएका थिए ।

आँधीका कारण उक्त क्षेत्रमा सडक यातायातका साथै हवाई तथा रेल सेवा पनि अवरूद्ध बनेको बताइएको छ । मौसम विभागले उत्तरी जापानमा सोमबार राति र मंगलबार विहानको बीचमा कडा हावासँगै भारी बर्षा हुनसक्ने सूचना जारी गरेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा