१७ माघ २०७९, मंगलवार
खेलकुद

पीपीएल क्रिकेट कात्तिकमा सातादेखि शुरु हुने 

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ०७:११


पीपीएल क्रिकेट कात्तिकमा सातादेखि शुरु हुने 

७ असोज, काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ ।

प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा गर्ने टोलीमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

उक्त प्रतियोगिताअन्र्गत पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । फाइनल खेलमा पोखरलाले चितवन राइनोजलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिएको अवसरमा पीपीएल लिगले सकारात्मक सन्देश दिने विश्वास लिइएको आयोजकले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता