१३ माघ २०७९, शुक्रबार
सुरक्षा/अपराध

कावासोतीमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ०८:०६


मोटरसाइकल चलाइरहेका चौधरीको रुखको हाँगा खस्दा मृत्यु

७ असोज, नवलपुर । नवलपुर ‘पूर्वी नवलपरासी’को कावासोती नगरपालिका–८ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै कारमा सवार रहेको प्रहरीले जनाएको छ ।

राति सवा १० बजे कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतिर छुटेको गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाका लागि छुटेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते पाँचैजनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ज्यान गुमाउने मध्ये तीनजनाको नाम खुलेको छ । नवलपरासीको देवचुली–१ केउरेनीका ३५ वर्षे दिपक भनिने पूर्णबहादुर बिक, देवचुली–५ का दिलबहादुर ढेगाँ मगर तथा कैलालीका सुरज राना मगरको पहिचान भएको हो ।

अरु दुईजनाको पहिचान हुन बाँकी छ । बाँकी दुईजना पनि पुरुष नै रहेको र नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता