७ असोज काठमाडौं । मौसममा केही सुधार आउँदै गए पनि पूर्ण रुपमा सफा भने भएको छैन । अझै केही दिन मौसम बदलीकै अवस्था हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।मंगलबार दिनभरि देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण र मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
यस्तै राति पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशभर समग्र मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षा भैरहेको छ।
असोज ०७ गते (मंगलबार)
दिउँसो: देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली र देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहनेछ।पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज ०८ गते (बुधबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।पुर्बी तराईका थोरै भू-भागहरुमा हावाहुरीको सम्भावना छ |
राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ। छ । पुर्बी तथा मध्य तराईका थोरै भू-भागहरुमा हावाहुरीको सम्भावना छ |
असोज ०९ गते (मंगलबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्बी भूभागका एक दुई स्थानमा भरि बर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा साना र मझौला नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |