२६ माघ २०७९, बिहीबार
समाज

भाइरल ज्वरोले मिगु गाउँ सन्त्रास, विद्यालय बन्द !

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ०९:०९


मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै

७ असोज, बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ ।

गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताए ।

सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उनको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताए ।

मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि खेतीपाती भित्र्याउनसम्म समस्या भएको छ भने बालबालिका विद्यालय जान नसकेका स्थानीयवासीले बताएका छन् ।

बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खनाखान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

भाइरल ज्वरो र टाउको दुखाइले बालबालिका विद्यालय जान नसक्दा घरमै थला परेका कारण विद्यालयसमेत बन्द गर्नुपरेकोे हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले जानकारी दिए ।

विद्यालयमा १३२ सम्म बालबालिका पढ्न आउने गरेका तर अहिले १५ देखि २० सम्म पनि मुस्किलले आउने गर्दा विद्यालय बन्द हुने अवस्था आएको प्रधानाध्यापक चन्दको भनाइ छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता