१३ माघ २०७९, शुक्रबार
समाज

राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ११:३५


राष्ट्रकवि माधव घिमिरे १०१ वर्षमा

७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका छन् । “नेपाली वाङ्मयले अझै लामो समय उनका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ ।

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता