कक्षा ११ को नतिजा सार्वजनिक
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १८:२३:४७
७ असोज, काठमाडौं । गत वैशाखमा लिइएको कक्षा ११को परिक्षाफल आज प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ।
बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिएका छन् । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा परीक्षामा नियमितर्फ ३ लाख ४९ हजार छ सय तीन, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।
नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ। तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन्। त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन्। २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् ।
यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन्। नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेड नतिजा विगतभन्दा सुधार आएको छ । पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो ।
बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार