७ असोज,काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ई–सेवा (eSewa ) बीच रेमिटान्स कारोबार सुरु भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ई–सेवा (eSewa ) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७,००० भन्दा बढी एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ ।नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा सुरु हुनेछ ।
ईसेवाबाट तपाईले मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी ,रिचार्ज ,हवाइजहाज ,बसको टिकट ,स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५५ वटा बैंक, ६०,००० एजेन्ट र २० लाख भन्दा बढी ग्राहक रहेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालका एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।