१७ माघ २०७९, मंगलवार
अर्थ/व्यापार

मिसिलिनका टायरको व्यवसायिक बिक्री सुरु

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार १९:०६


मिसिलिनका टायरको व्यवसायिक बिक्री सुरु

७ असोज, काठमाडौं । विश्वको दोस्रो ठूलो टायर उत्पादक कम्पनी मिसिलिनका टायर नेपालमा बिक्री सुरु भएको छ । सिप्रदी ट्रेडिङले फ्रान्सको कम्पनी मिसिलिनका टायरको व्यवसायिक बिक्री सुरु गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका हिसाबले मिसिलिन टायर उपयोगी रहेको बताए । पछिल्लो समय नेपालमा सवारी साधनको बिक्री बढ्दो क्रममा रहेको बताउँदै त्यही भएर गुणस्तरीय टायर बिक्री गर्न पाउँदा खुशी लागेको मिसिलिनका महाप्रवन्धक प्रदीप थाम्पीले बताए ।

एक सय ३० वर्षदेखि संचालनमा आएको यो कम्पनीले हाल एक सय ७० मुलुकमा ६९ वटा उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीले नेपालका लागि कमर्सियल, प्यासेन्जर र दुई पांग्रे सवारी साधनको टायर बिक्री गर्नेछ ।

फ्रान्समा उत्पादित यो कम्पनीले रेडियल टायरको खोज गरेर उत्पादन थालेको हो । कम्पनीका टायर प्रयोग गर्दा अधिकतम २० प्रतिशतसम्म इन्धनको बचत हुने अध्ययनले देखाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा