शेयर बजार, नेप्से पुनः ओरालो
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार १:३४:२९
७ असोज, काठमाडौं । सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३.६३, होटल १३.४८ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ ४.१७, विकास बैंक ४.७८, जलविद्युत् ९.७७, वित्त १.८६, निर्जीवन बीमा ३२.५२, उत्पादन १७.८८, अन्य ५.९४, लघुवित्त ७.८६ र जीवन बीमा ६४.८६ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज सानिमा बैंकको शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १६ लाख ९४ हजार ३१४ मा खरीद बिक्री भएको छ । यस्तै, सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड १२ लाख ८८ हजार ८५२, शिवम सिमेन्ट रु एक करोड आठ हजार ५६३, प्रभु बैंक रु ७३ लाख २२ हजार ४७२, सिद्धार्थ बैंक रु ६१ लाख ७३ हजार ३५३ र नबिल बैंकको रु ६० लाख ६७ हजार ३९३ कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार खानीखोला हाइड्रोपावरका शेयरधनीले ८.१६ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ३.९८, विशाल बजार कम्पनी ३, श्री इन्भेस्टमेन्ट फाइनान्स २, प्रभु इन्स्योरेन्स कम्पनी २ र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले १.९८ प्रतिशतले कमाएका छन् ।
यस्तै, रैराङ हाइड्रोपावर ७.२७, कञ्चन डेभलपमेन्ट बैंक ४.९१, सिभिल लघुवित्त वित्तीयसंस्था ४.९०, तिनाऊ मिशन डेभलपमेन्ट बैंक ३.६५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ३.६३ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार