रिलायबलले ल्यायो “रिलायबल समुत्रति जीवन बीमा योजना”
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार १:४५:३५
७ असोज,काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना (Money Back Plan) “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ ।
यस योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्नु हुनेछ । कथंकदाचित बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइन्छ । बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाई भुक्तानी दिइने कर्पोरेट मार्केटिङ्ग प्रबन्धक युवराज शर्माले बताए ।
प्रबन्धक शर्माका अनुसार यस योजनामा पाँच वटा ऐच्छिक सुबिधाहरु– क) बीमा शुल्क छुट सुविधा, ख) स्थायी पुर्ण अशक्तता सुविधा, ग) दुर्घटना मृत्युलाभ, घ) घातक रोग सुविधा तथा ङ) अस्पताल नगद सुविधा समेत थप गरि लिन सकिनेछ । यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।
कम्पनीको हालसम्म ९२ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशैभरि आफ्नो उपस्थिती जनाई आधुनिक जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढि रहेको प्रबन्धक शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर लिलामी खुल्यो
चैत १३, २०८० मंगलबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, एजेण्डा के हाे ?
चैत ६, २०८० मंगलबार
सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त
चैत १, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार