१७ माघ २०७९, मंगलवार
बैंकिङ बजार

नेराबैंले ल्यायो सयको नयाँ नोट

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार २०:१६


नेराबैंले ल्यायो सयको नयाँ नोट

७ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ ।

यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ ।

दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ । नोटको मध्य भागमा एक सिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता