१३ माघ २०७९, शुक्रबार
विचार / बहस

कांग्रेसको गणतान्त्रिक मोह !

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार २१:१२


कांग्रेसको गणतान्त्रिक मोह !

yazya-prasad-acharya♦ यज्ञप्रसाद भट्टराई

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको देशब्यापी राष्ट्रिय जागरण अभियान आजबाट सकिएको छ । सो जागरण अभियानमा तयार गरिएको व्यानरमा गणतन्त्र भन्ने शब्द कँहीकतै उल्लेख छैन् । छ त केवल राष्ट्रियता, लोकतन्त्र र समाजवाद मात्र । यसको सोझो अर्थ हुन्छ कांग्रेसले गणतन्त्रको राग अलाप्न छोड्यो । अर्थात कांग्रेसको गणतन्त्र प्रतिको मोह भंग भईसकेको छ । तर यो व्यानर बनाउनेले जानुन कि व्यानरमा गणतन्त्रको उल्लेख नहुनुमा भुल भएको हो वा नियतबस प्राथमिकता नदिईएको हो ? सायद यो आलेख पछि पार्टीले प्रष्ट पार्ला नै ।

यसै सन्र्दभमा यहाँ जागरण अभियानको बारेमा केही कुरा राख्ने जर्मको गरिएको छ । सोझो अर्थमा जाँगर भन्नाले जगाउने, ब्यूभ्mयाउने, चलायमान बनाउने, क्रियाशिल बनाउने भन्ने नै बुझिन्छ । तर त्यस्तो उपद्रो जागरण सञ्चालन भएको चाँहि देखिदैन । तर एउटा महत्पपूर्ण र सार्थक अभियान चाहि पार्टीमा रहेका बयोबृद्ध, फरक क्षमता भएका, अशक्त र त्यागी नेता तथा कार्यकर्ताहरुलाई आफ्नै निवासमा गएर सम्मान गर्ने नयाँ परिपाटीको शुरुवात भने भएको छ ।

विश्वेश्वरप्रसाद कोईरालाको फोटो राखेर “प्रजातन्त्र बिना देश रहन सक्दैन ।” भन्ने श्लोगन र स्व.शुशिल कोइरालाको फोटो राखेर “गणतन्त्रका पिता” भनेर नेता तथा कार्यकर्ताहरुले दोहोरो चरित्र देखाएको चाहि प्रष्टै देखिन्थ्यो । यहाँ मैले नबुझेको कुरो नेपाली कांग्रेस बीपीको प्रजातान्त्रिक समाजवादको बाटोमा छ या बुर्जुवा कम्यूनिष्टहरुको गणतान्त्रिक समाजवादको बाटोमा ? के एउटै संगठनले प्रजातन्त्र र गणतन्त्र दुबै सिद्धान्त या परिपाटीलाई एकैपटक सँगै लैजान सक्छ ??

संगठन भीडले भन्दा पनि आस्था, नीति, कार्यक्रम र विचारले चल्ने हो । जसलाई सवलीकरण गर्दै बिभिन्न लिखित बिधान र निर्देशिकाहरु तैयार गरिएका हुन्छन् । महामानव विश्वेश्वरप्रसाद कोईराला, सूवर्ण शमशेर , लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, सि.के.प्रसाई, प्रदिप गिरी लगायतका तमाम नेताहरुको बिचार र सोही बिचारबाट प्रतिपादित सिद्धान्तबाट नेपाली कांग्रेस यहाँसम्म आईपुगेको हो ।

राजनैतिक संगठनले आफ्नाे बिचार, नीति, कार्यक्रम र कार्यदिशा आम नागरिकसम्म पुर्याउन सक्नु अत्यन्तै महत्वपूर्ण कुरा हो । २०४६ साल यता नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता, अभिभावक, स्वतन्त्रता सेनानी, द्वन्द पिडित, तथा राजनीतिमा लागेर सर्वस्व गुमाएका, सशस्त्र द्वन्दमा अपहरणमा परेका, यावत दुःखकष्ट झेलेका अभिभावकहरु, समकक्षी सहयोद्धाहरु र राजनीतिमा भर्खर प्रवेश गरेका भाईबैनीहरुलाई समेत यो अभियानले थप हौसला र नयाँ उर्जा भने थपेको छ ।

अभियानका क्रममा देखिएका यी केही सम्मानका कार्यक्रमहरु बाहेक अन्य कुनै नयाँ र आशालाग्दा कार्यक्रमहरु चाहि भए गरेका देखिएनन् । विश्वेश्वरप्रसाद कोईरालाको फोटो राखेर “प्रजातन्त्र बिना देश रहन सक्दैन ।” भन्ने श्लोगन र स्व.शुशिल कोइरालाको फोटो राखेर “गणतन्त्रका पिता” भनेर नेता तथा कार्यकर्ताहरुले दोहोरो चरित्र देखाएको चाहि प्रष्टै देखिन्थ्यो । यहाँ मैले नबुझेको कुरो नेपाली कांग्रेस बीपीको प्रजातान्त्रिक समाजवादको बाटोमा छ या बुर्जुवा कम्यूनिष्टहरुको गणतान्त्रिक समाजवादको बाटोमा ? के एउटै संगठनले प्रजातन्त्र र गणतन्त्र दुबै सिद्धान्त या परिपाटीलाई एकैपटक सँगै लैजान सक्छ ??

मलाई यस कुरामा घोत्लिई रहँदा म सानो छदाँ सुन्ने र भन्ने गरेको एउटा कथाको याद आयो । हामीले हाम्रा घर वरिपरी देख्ने गरेको भंगेरोको हिडाई । भंगेरो परापूर्वकालमा अन्य चराहरु जस्तै दुबै खुट्टाले हिड्थ्यो रे । एक दिन उसले हाँसको पोथी ढल्कीढल्की हिडेको देखेछ । वडो सानका साथ ढल्कीढल्की हिडेको हाँसको पोथीलाई देखेर उसले पनि त्यस्तै हिडनुपर्यो भनेर सिको गर्न थालेछ । दैनिक अभ्यास गर्दै गएछ, गर्दै गएछ । भंगेरोले जति जति हाँसको पोथीको हिडाईको सिको गर्दै जान्थ्यो उति उति उसले आफ्नाे वास्तवकि हिडाई हिड्न बिर्सदै जान थालेछ । केही समयको अभ्यासपछि उसले आफ्नाे हिडाईको बारेमा अन्य चराचुरुंगीहरुले खिसी गरेको देखेर आफ्नाे हिडाई विचार गर्दा त उसले नत हाँसजस्तो ढल्कीढल्की हिड्न जानेछ, नत आफुले पहिला जस्तो दुबै खुट्टाले हिड्न नै जानेछ । उसले त आफ्नाे वास्तविक हिडाई पनि बिर्सिएछ र हाँसको जस्तो हिडाई पनि सिकेनछ । अन्त्यमा उसको हिडाई उफ्रिएर हिडनेमा परिणत भएछ ।

यहाँ मैले जोड दिन खोजेको कुरा के मात्रै हो भने अरुको सिको गर्नेले आफ्नाे अस्तित्व गुमाउने खतरा बढी हुन्छ । अस्तित्व गुमाएर प्राप्त गरेको सम्मानले के नै पो महत्व राख्छ र ? त्यसैले कांग्रेस प्रजातान्त्रिक हो या गणतान्त्रिक स्पष्ट धारणा जनतामा ल्याउन जरुरी छ ।

जनताको मनोभावना भन्दा कम्यूनिष्ट पार्टीको नीति र सिद्धान्त सति जाने परिपाटीले कांग्रेसले आफ्नाे पुरानो छवि बिगार्दै गईरहेको छ । जनताका लागि जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुबाट जनतामुखी योजना र कार्यक्रम ल्याउन नसकी व्यक्तिगत सम्पत्ति र ऐसआराममा नेतृत्ववर्ग लागि रहँदासम्म नत प्रजातन्त्र नत गणतन्त्रकै अनुभूति जनताले गर्न पाउछन् ।

नेपाली कांग्रेसमा २००७ सालदेखि संगठन निर्माण र प्रजातान्त्रिक व्यवस्थाको स्थापना र पुर्नस्थापनामा आफ्नाे सम्पूर्ण जीवन, सम्पूर्ण सम्पत्ति अर्पण गरेका, जेलनेल, दुःखकष्ट सहेका, त्याग र बलिदानी दिएका नेतृत्वपंती अझै पनि जीवितै छन् , क्रियाशिल छन्, नेतृत्वमा छन् । जसले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्नुभयो । आज त्यही नेतृत्वलाई आम कार्यकर्ताहरुको तर्फबाट प्रश्न छ अर्काको भारी बोकेर कति दिन भरिया बन्ने हामी ??

हामीलाई हाम्रै नेताले प्रतिपादन गरेको सिद्धान्त र बिचार बोक्ने रहर छ । आफ्नै प्रजातान्त्रिक समाजवादको बाटोबाट मुलुकलाई समृद्ध बनाउदै आमुल परिवर्तनको बाटोमा हिडने रहर छ । संघियताले उत्पादन गरेका हजारौं राजा महाराजाहरुलाई ज्वाईसाहेब झै पाल्ने कत्ति पनि रहर छैन । हिमाल, पहाड र तराईलाई अलग्गै छुट्याएर देश नै बिखण्डनमा पुर्याउने बिखण्डनकारीहरुको लालिपपमा मुख मिठ्याउनु छैन । बिदेशीको ईशारामा चलेका राजनैतिक संगठन र तिनको दवावमा मुलुकलाई हानी पुर्याउने र दीर्घकालिन असर पुग्ने गलत नीति निर्माण गर्ने बिदेशीका टट्टुहरुलाई ज्यू–हजुरी गर्नु छैन ।

यसो भनिरहदा कसैले गणतन्त्र बिरोधी, धर्म निरपेक्षता बिरोधी, संघियता बिरोधी भन्लान्, भने त्यो आरोप खेप्न म सधैं तैयार रहने छु । हिजोको २०६२-०६३ को मुल एजेण्डा, एजेण्डाले निर्देशित गरेको राजनैतिक मार्गचित्र लगायत राजनैतिक दलहरुले गरेका संझैताहरुलाई समेत पुर्नवचिार गर्न जरुरी भैसकेको छ । जनताको मनोभावना भन्दा कम्यूनिष्ट पार्टीको नीति र सिद्धान्त सति जाने परिपाटीले कांग्रेसले आफ्नाे पुरानो छवि बिगार्दै गईरहेको छ । जनताका लागि जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुबाट जनतामुखी योजना र कार्यक्रम ल्याउन नसकी व्यक्तिगत सम्पत्ति र ऐसआराममा नेतृत्ववर्ग लागि रहँदासम्म नत प्रजातन्त्र नत गणतन्त्रकै अनुभूति जनताले गर्न पाउछन् ।

महामानव विश्वेश्वरप्रसाद कोईरालाको भनाई यहाँ राख्न उपयुक्त ठान्छु “हामी गम्भिर जिम्मेवारी भएका ब्यक्ति हौं । भोका जनताको भावना एकातिर रहन्छ हाम्रो सार्मथ्य एकातिर रहन्छ । हामीहरु जनताका प्रतिनिधि हौं । जनताको आर्थिक स्थितिलाई उन्नत गराउनु हाम्रो कर्तब्य र जिम्मेवारी हो ।” अस्तु । (लेखक भट्टराई नेपाली कांग्रेस झापाका सक्रिय एवं जुझारु कार्यकर्ता हुन् । स.)


13
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा