८ असोज, काठमाडौं । दसैँअघि सुनचाँदीको मूल्य पुन बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ७२ हजार रुपैयाँ तोकिएको छ।
बुधवार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो। मंगलवार प्रति तोला सुनको मूल्य ७१ हजार चार सय रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ।
चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। यति बेला प्रति तोला चाँदीको मूल्य आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
गत बिहीबारदेखि सुनको मूल्य पुन बढ्न थालेको हो। गत बिहीबार सुनको मूल्य ७१ हजार रुपैयाँ रहेको थियो। त्यसयता बुधवारसम्म सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।